कैलाली– मुचुल्काको विषयलाई लिएर हिजोबाट स्थगित भएको धनगढी उप–महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।


ADVERTISEMENT


राजनितिक दलका प्रतिनिधि र मुख्य निर्वाचन कार्यलयका प्रतिनिधिबीच सर्वदलीय बैठक बसी मतदान गरिएको दिन उठाएको मुचुल्का सिलबन्दी गरिएकाले त्यसलाई भिडाएर हेर्न समय लाग्ने भएकाले मत गणना पनि सुरु गर्ने र मुचुल्का उपलब्ध गराउने प्रक्रिया पनि सँगसँगै अघि बढाउने सहमति भएपछि २ बजेबाट पुनः मतगणना सुरु भएको हो ।


ADVERTISEMENT

# # #


हिजो १७ नम्बर वडाको मतगणना गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा तीन मतपत्र बढी भेटिएपछि विवाद भई मतगणना स्थगित भएको थियो ।