काठमाडौँ — थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । प्रतियोगितामा उपविजेता भएको नेपाली टोलीलाई दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।


ADVERTISEMENT


शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले उपाधि जितेको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा इण्डोनेसियालाई ९ विकेटले पराजित गरेको थियो । १२ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको नेपाल पहिलो पटक उपाधी उचाल्नबाट वञ्चित भएको थियो ।


ADVERTISEMENT

# # #


स्वदेश फर्किएपछि विमानस्थलमा बोल्दै प्रशिक्षक दासले फाइनलमा चुक्दा उपाधि ल्याउन नसकेको तर विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘थाईल्याण्ड राम्रो टिम हो । उनीहरुले सधै क्रिकेट खेलिरहेको हुन्छ । हाम्रो खेलाडी पनि राम्रो छ’, प्रशिक्षक दासले भने, ‘हामी मानसिक रुपमा कमजोर देखियौँ । हामी थाईल्याण्डसंग नर्भस भयौँ। हामी अब विश्वकप छनोटमा राम्रो गर्ने छौ ।’

यस्तै कप्तान रुबिना क्षेत्रीले अहिलेसम्म खेलेको प्रतियोगितामध्ये यो सबैभन्दा राम्रो भएको प्रतिक्रिया दिइन् । उनले फाइनलमा थाइल्याण्डविरुद्ध धैर्यता गुमाउँदा खेल हार्न पुगेको बताइन् ।

नेपालले अर्को महिना थाइल्याण्डमा नै टी-२० विश्कप छनोटमा पुग्नका लागि हुने प्रतियोगिता खेल्दैछ । जसको विजेताले २०२० मा हुने टी-२० विश्कपको छनोट खेल्न पाउने छ ।