काठमाडौं । ७ वटा प्रदेशमध्ये विशेष चर्चामा छ, प्रदेश २ को। सानो भूगोल, ठूलो जनसंख्या, फाँट, धेरै धान, तोरी, गहुँलगायतका खाद्यान्न उत्पादन हुने क्षेत्र।


ADVERTISEMENT


ऐतिहासिक माछापोखरी प्रदेश २ मै छ । विश्वसम्पदामा सूचीकृत रामजानकी मन्दिर प्रदेश २ मै छ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा‍ रामवरण यादव प्रदेश २ मै जन्मिए।


ADVERTISEMENT

# # #


अरू थुप्रै ऐतिहासिक तथ्य छ, प्रदेश २ सँग । अन्य प्रदेशको तुलनामा यस प्रदेशको भाषा, भुगोल मात्रै फरक छैन, रहनसहन शैली पनि फरक छ। यो खबर आजको राजधानी दैनिकमा धु्रब लम्सालले लेखेका छन्।

हावापानी काठमाडौं भन्दा केही तातो छ प्रदेश २ को । तर, काठमाडौंसँगको सम्बन्ध भने प्रायः चिसै हुन्छ । कहिलो तातो कहिले चिसो फेरबदल आइरहन्छ।

संघीय राज्य स्थापना भएपछि अब प्रदेश २ ले कसैसँग आग्रह गरिरहन जरुरी छैन। आफ्नो क्षेत्रको उन्नतिका लागि आफैँले योजना बनाउन र कार्यान्वयन गर्न सक्छ। त्यसैका लागि जनताले आआफ्नो गच्छेअनुसारको प्रतिनिधि पनि छानेका छन्।

तर, दुःखको कुरा केही व्यक्तिका लहडका कारण राजनीतिक नेतृत्वमाथि प्रश्न गर्ने क्रम बढेको छ। त्यो प्रश्नको घेरामा मधेशका छोटे राजाको रुपमा चिनिएका मातृका यादव, उपेन्द्र यादव, करिमा बेगम, विजय यादव लगायतका नेता छन्।

आफूले भनेको एनजीओलाई आयोजना नपारेको भन्दै मन्त्रीद्वारा सचिवलाई चड्कन, पुरानो गाडी पठाएको भन्दै सीडीओमाथि मुक्का प्रहार, छोराको बिहेमा टोलै थर्काउने गरी आतिसबाजी जस्ता घटना प्रदेश २ मा सामान्य हुन थालेको छ।

पछिल्लोपटक प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर दुई चड्कन हाने, सभामुख मन्त्रीकै कार्यकक्षमा साक्षी बसे।

यद्यपि, मन्त्रीको हातको चड्कन खाने झा आफैंमा पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि केही कर्मचारीले ‘मधेसका छोटे राजा’हरूको चड्कन भेटिसकेका छन्।

२४ कात्तिक २०६६ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई उनकै कार्यकक्षमा गएर गालामा चड्कन हानेकी थिइन्।

बेगमले चड्कन हान्नुको कारण थियो, जिल्ला भ्रमणमा गएकी राज्यमन्त्री बेगमलाई सिमरा विमानस्थलमा पुरानो गाडी पठाउनु । वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव पनि कुनै बेला एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका थिए। वनमन्त्री भएको बेला यादवले ४ असार २०६५ मा जिल्ला विकास समिति ललितपुरका एलडीओ डण्डुराज घिमिरेलाई शौचालयमा थुने।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तीन वर्षअघि छोराको बिहे गर्दा सिंगै गाउँ थर्किने गरी आतिसबाजी गरे । आतिसबाजी रोक्न खोज्ने प्रहरीलाई जागिरै जोगाउन हम्मेहम्मे प¥यो।

दलका नेताले भनेअनुसार विधि मिचेर काम नगरेकै कारण जागिर गुमाउन, सरुवा खेप्न र चड्कन खान बाध्य कर्मचारीको संख्या बढ्दैमा ‘छोटे राजाहरू’को कद उँचो हुँदैन । यस्ता घटनाले नेतृत्वको चरित्रमाथि धेरै थरी प्रश्न जन्माउँछ।