काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जमिन छैन।


ADVERTISEMENT


घरअगाडिको प्रशस्त जमिनमा मिहिनेतका सथा अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरी खान जीविका चलाउन मुस्किल पर्छ।


ADVERTISEMENT

# # #


कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनु पर्छ। यो खबर आजको नागरिक दैनिकमा डोल्पाबाट विष्णुप्रसाद देवकोटाले लेखेका छन्।

चन्द्रलाल चलाउने मात्र होइनन् सिङगो गाउँका बासिन्दाहरुको जीविकोपार्जन नै अधियाँबाटै उब्जेको अन्नबालीवाट हुने गरेको छ। फुल्चिङ गाउँमा ६५ घरधुरीहरु रहेको भएपनि २३ घरधुरीका परिवारको नाममा एक टुक्रा पनि जमिन छैन।

बाँकीको नाममा पनि कसैको पनि आफ्नो नाममा पूर्णजग्गाको लालपुर्जा छैन। बर्षभरि खनजोत गरेर बालीनाली लगाउँछौ घरमा भित्र्याउने बेला जग्गाधनीहरु बोरा बोकेर आउँछन उब्जनीको ६० प्रतिशत लैजान्छन जसले गर्दा हाम्लाई वर्षभरीमा ३ महिना पनि भरपुर खानपुग्दैन फुल्चिङ गाउँकी हिउँकली चलाउनेले आफ्नो पीडा सुनाइन्।

उनले भनिन् ‘दिउँ भने आफुलाई खान पुग्दैन नदिउँ भने जग्गा आफ्नो नाममा छैन बाध्यभएर जतिसुकै दुःख र कष्ट सहेर खेतीपाती चलाएपनि आफै भोकै बसेर पनि अदियाँ दिनै पर्ने हुन्छ।’

फुल्चिङ गाउँको बस्ती बस्दाको समयदेखि नै सिँगो गाउँ जग्गा बिहिन रहेको पाइएको छ। फुल्चिङ गाउँमा रहेको जग्गा फरक गाउँ र वडाका ४ जनाको नाममा नापी नक्सा भएको छ। साविकको लिकु गाबिस र हालको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १० का मोतिप्रसाद पहाडी,रत्नप्रसाद पहाडी,नारायण गिरी र रबिलाल खत्रीको नाममा २०५२ मा सिँगो गाउँको जग्गा नापी नक्सा भएको हो।

पुस्तौदेखि नै आफुहरुले जग्गा कमाउँदै आएको जग्गाधनीहरु पनि गाउँमा नबस्ने र बस्ने सम्भव पनि नभएकाले आफुहरुलाई धेरथोर मुल्यमिलाएर दिनु पर्ने फुल्चिङ गाउँका समाजसेवी लोकबहादुर चलाउने बताउँछन्।

पुर्खाको पालामा देवता र राजनीतिक रवाफमा सिँगो गाउँको जग्गा नै आफ्नो नाममा गरेर आफुहरुलाई लिकु गाउँका ठालु जमिनदारहरुले अन्याय गरेको र यसको लागि बारम्बार सम्बन्धित निकायमा न्याय दिलाइन दिन माग गरेपनि कुनै सुनुवाई नभएको फुल्चिङकै लालबहादुर चलाउनेले बताए।

गाउँमा बस्ती बसेर जमिन भोगचलन गर्दाखेरी नै आफ्ना पुर्खा हुँदै आजसम्म धेरै शासन ब्यवस्था र परिवर्तनको सामना गर्दै निरन्तर अबिचलित जग्गाधनीको बेवारिसे अवस्थामा भूमि भोगचलन गरिरहेकाले मोहियानी हकले समेत जग्गा फुल्चिङ गाउँबासिको नाममा हुनु पर्ने राजबहादुर चलाउने बताउँछन्।