काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नका लागि सरकारसंग आग्रह गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता थापाले डा. केसीसंग यसअघि भएका सम्झौता कुनै लहडको विषय नभएको बताएका हुन् । ५ बुँदे फरक मत राख्दै थापाले डा. केसीसँगको सम्झौताको मान रहने, कांग्रेसलाई दिएको बचन पूरा हुने, चिकित्सा शिक्षा सुधारको नयाँ यात्रा सुरु हुने बाटोमा कदम चाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले केसी एक सन्त र फकिर भएको भन्दै कांग्रेस, एमाले, अख्तियार, न्यायालय सबैसँग लडेको व्यक्तिलाई एक पार्टीको विरोधी देखाउन नहुने धारणा व्यक्त गरे । थापाले भने, ‘गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?’

५ बुँदे फरक मत राख्दै थापाले डा. केसीसँगको सम्झौताको मान रहने, कांग्रेसलाई दिएको बचन पूरा हुने, चिकित्सा शिक्षा सुधारको नयाँ यात्रा सुरु हुने बाटोमा कदम चाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

यस्तो छ नेता थापाको विज्ञप्ती :