काठमाडौँ– नेपाल विधुत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिईरहेको पोलहरु तथा मुलुकभर सेवा संचालन गर्न दिईरहेको ओपीजी फाइबर प्रयोग गरे वापतको भाडादर बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक संघ नेपालले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


संघका अध्यक्ष भोजराज भट्टले बुधबार एक विज्ञप्ती जारी गर्दै यसै आर्थिक वर्षदेखि लागू हुने गरी ५०० प्रतिशतभन्दा बढी भाडा बढाउनु अस्वाभाविक र बिना तथ्यपरक रहेको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘हामी इन्टरनेट सेवा प्रदायकहरूले हाल कायम रहेको ग्राहकसंग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार(खर्च) मानी दिईरहेकोमा नयाँ भाडादरले हामी सेवा प्रदायकहरुलाई ठूलो अन्योल सिर्जना गरेको छ ।’


ADVERTISEMENT

# # #


यस्तै संघले विद्युत प्राधिकरणको उक्त निर्णय नमान्ने र सेवामा अवरोध सिर्जना गरे त्यसको जिम्मेवारी स्वयम् प्राधिकरणले लिनुपर्ने चेतावनी दिएको छ । संघले भनेको छ, ‘हाल वृद्धि गरिएको भाडादर सहमति विपरित भएको हुँदा हामी सबै सेवा प्रदायकहरूले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेका छौँ’

संघले यस समस्याको उचित निकास तथा समाधानको लागि संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्च स्तरीय समिति गठन गर्न माग गरेको छ ।