बर्दिया– बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा जमानसिंह केसी र उपाध्यक्षमा हेमकुमारी थरुनी विजयी भएका हुन् ।


ADVERTISEMENT


विजयी कांग्रेसका जमानसिंह केसीले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई ८४५ मतअन्तरले हराए । केसीले ६ हजार ३ र थारुले ५ हजार १५८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए । एमालेका अध्यक्ष उम्मेदवार नुतनकुमार चौधरीले २ हजार ७६९ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा पनि कांग्रेसकै हेमकुमारी थरुनी विजयी भएकी छन् । उनले माओवादीकी लीला चौधरीलाई २४१ मतअन्तरले हराइन् । हेमकुमारीले ५ हजार १५८ र माओवादीकी लीला चौधरीले ५ हजार ३१२ मत पाएका छन् । उपाध्यक्षमा एमाले उम्मेदवार मञ्जु शर्माले २ हजार ८७० मत पाएकी छन् ।

गेरुवा गाउँपालिकामा कांग्रेसले वडानम्बर ५, २ र ३ मा जितेको छ । माओवादी केन्द्रले वडानम्बर १ र ६ तथा एमालेले वडानम्बर ४ मा जितेको छ ।