काठमाडौँ– आज हिन्दुहरुको चाड माघे सकान्तिको अघिल्लो दिन भएकाले सक्रान्ति मनाउन देशभर तरुलको जोहो गर्न थालिएको छ । माघ १ गतेदेखि सुर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।


ADVERTISEMENT


आज पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार भोलि खाएर रमाइलो गर्ने चलन छ । थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् ।


ADVERTISEMENT

# # #


पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाएको छ । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गर्ने गरिन्छ ।

माघीका लागि काठमाडौँको असनमा तरुल, सखरखण्ड लगायतका सामग्रीको बजार लागेको छ ।

सबै तस्बिर : रासस