काठमाडौँ– प्रमुख वैकल्पिक शक्ति भनिएको विवेकशील साझा पार्टी विभाजन भएको छ । उज्वल थापाले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्न लागेका हुन् ।


ADVERTISEMENT


थापाले नयाँ पार्टीको नाम विवेकशील नेपाली प्रस्ताव गरेका छन् । यो साझा पार्टीसंग एकता हुनुअघिकै नाम हो । नयाँ दल दर्ताका लागि ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।


ADVERTISEMENT

# # #


पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जवल थापा नेतृत्वको विवेकशील नेपालीबीच २०७४ साउन ११ गते पार्टी एकता भएको थियो ।