काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन्। अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन्।


ADVERTISEMENT


यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झण्डै एक हजार श्रमिक रहेको खबर कान्तिपुर दैनिकमा छ। कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकेको जनाएको छ। भिसा नविकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ।


ADVERTISEMENT

# # #


श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ। तीन महिनादेखि खानाको व्यवस्था गरिएको छैन। चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए। ‘सात महिनालेखि बिनाकाम बस्नुपरेको मानसिक तनावत छदैछ। त्यसमाथि अहिले आफैले जेर्न सक्छ गर भन्दै कम्पनी पन्छियो’ सुर्खेतकै रवीन्द्र श्रेष्ठले भने।