काठमाडौँ– प्रदेश नम्बर १ की सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरियामा बसेकी छिन्। उनकी आमा लक्ष्मी राईको बुधबार उपचारका क्रममा निधन भएको थियो। लक्ष्मीको निमोनियाको उपचार भइरहेको थियो ।


ADVERTISEMENT


हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलनलाई चुनौति दिँदै केस मुण्डन गरेर किरियापुत्री बसेकी हुन् । उनका दाजुभाइ नभएकाले आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, उषाले आफै बस्ने निर्णय गरिन् ।


ADVERTISEMENT

# # #


उषाका श्रीमान एवं पूर्वकानुनमन्त्रीसमेत रहेका नेकपा सांसद शेरबहादुर तामाङले यसलाई महान कदम भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

तस्बिर : शेरबहादुरङ तामाङको फेसबुकबाट