काठमाडौं । नेपालको भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । जापानका विदेश मन्त्री कोनोले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा दुई देशबिचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कोनोको बिहीबार नै जन्मदिन परेकाले प्रधानमन्त्री ओलीले उनलाई जन्मदिनको शुभकामना पनि दिए । ओलीले कोनोलाई शुभकामनासहित पुष्पगुच्छा प्रदान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कोनोले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् ।

बुधबार नेपाल आएका कोनो र उनका समकक्षी प्रदीप ज्ञवालीबिच भेटवार्ता भइसकेको छ र दुवै मन्त्रीले दुई देशबिचको सीधा हवाई सेवाबारेको सम्झौतामा हस्ताक्षर गरेका छन् ।