काठमाडौं । हाम्रो शरीरका अंगहरुमा कुनै गडवडी छ कि भनेर सामान्य अवस्थामा गरिने शारीरिक परीक्षण नै होलवडी चेकअप हो।


ADVERTISEMENT


कुनै रोगको लक्षण बाहिर देखिनुभन्दा अगाडि नै अपनाईने पूर्वजानकारी पनि हो यो। होलवडी चेकअपमा कलेजो, मुटु, फोक्सो, मिर्गौला र छातीको भिडियो एक्स रे गरिन्छ।


ADVERTISEMENT

# # #


कुनै पनि रोगको लक्षण बाहिर देखिनुअघि नै पत्ता लागेमा छिटो उपचार सुरु हुन्छ। अनि जुनसकै रोग पनि निको हुने सम्भावना शतप्रतिशत रहन्छ। साथै दीर्घकालिन रोग लाग्ने सम्भावना पनि कम हुन्छ।

होलवडी चेकअप गर्दा धेरै खर्च पनि लाग्दैन। रोग र शारीरिक अवस्था हेरेर जाँचको शुल्क निर्धारण गरिन्छ।

सामान्य अस्पताल र ल्यावमा हजारदेखि २५ सयसम्ममा होलबडी चेकअप गराउन सकिन्छ। तर, होलबडी चेकअप गर्नुअघि दक्ष चिकित्सकको सल्लाह लिनु जरुरी छ।