काठमाडौं । चर्चित अभिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्ट अभिनित पहिलो फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर सार्वजनिक भएको छ ।सो ट्रेलरमा रणवीर एक र्यापर ब्वाइको भूमिकामा छन् ।


ADVERTISEMENT


अभिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्टले एकसाथ अभिनय गरेको पहिलो फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


बुधबार सार्वजनिक भएको सो ट्रेलरमा रणवीर एक र्यापर ब्वाइको भूमिकामा छन् ।यसअघि रणवीर र आलिया विज्ञापनहरुमा मात्र एकसाथ देखिएका थिए । यस फिल्ममा भने पहिलो पटक यी दुईले जोडी बाँधेका छन् ।

जोया अख्तरको निर्देशनमा बनेको ‘गल्ली ब्वाई’ फिल्ममा रणवीर र आलिया बाहेक कल्की कोच्लिन, कुब्रा साइत र पूजा गुरको पनि अहम भूमिका रहेको छ । यस फिल्म फेब्रुवरी १४ बाट रिलिज हुँदैछ ।