धम्बोझी– बाँके जिल्लाको तारातालमा हुलाकी सडकमा पर्ने बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ ।


ADVERTISEMENT


हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्म करीब १८ किलोमिटर लम्बाइ नहरको मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ्ने भएको छ ।


ADVERTISEMENT

# # #


गत आव २०७४/७५ मा नहरको रेखाङ्कनमा परेका १० बिघा १५ कट्ठा सात धुर जग्गा अघिग्रहण गरिएको छ । सोका लागि कूल मुआब्जा रकम रु १५ करोड ७२ लाख ७२ हजार ३१२ आवश्यकताअनुसार वितरण गरिएको छ ।

सो रकमबाट गत आव रु आठ करोड १६ लाख ३८ हजार ६०० मुआब्जा भुक्तानी गरिएको बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए । चालु आवको पुस १५ सम्ममा रु पाँच करोड १५ लाख ६१ हजार ३७५ मुआब्जा वितरण भएको छ ।