दाङ– दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर वलीले निकटतम प्रतिद्वन्दी कांग्रेसका भोजराज पाण्डेलाई ८३७ मतको अन्तरले पराजित गरेका हुन् ।


ADVERTISEMENT


विजयी वलीले ३३५२ मत प्राप्त गरेका छन् भने पाण्डे २५१५ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका यमुना घर्तीले ३३७१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका निर्मला खनालले २५६९ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष जितेका वली माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् । २०५४ सालमा तत्कालीन लोहारपानी गाविस अध्यक्ष बनेका उनी त्यस क्षेत्रका लोकप्रिय नेता हुन् । जम्मा ११ हजार ४ सय ७ मतदाता रहेको बंगलाचुलीमा ८ हजार ३ सय ४ मत खसेको थियो । ८ वटा वडा रहेको बंगलाचुलीमा ६ वटा वडामा माओवादीले, १ वटा कांग्रेस र १ वटा एमालेले जितेका छन् ।

जसअनुसार वडा नं. १ मा कांग्रेसका पदमबहादुर खत्री, २ मा माओवादीका मेघराज रानामगर, ३ मा शोभाराज विक, ४ मा नारायण डाँगी, ५ मा यनुराज खत्रीले जितेका छन् ।

त्यस्तै वडा नं. ६ मा एमालेका बेदुलाल घर्तीमगरले जितेका छन् भने वडा नं.७ मा माओवादीका गिरबहादुर थापा र ८ मा माओवादीकै गिरिराज बाँठाले जित हात पारेका छन् ।