काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत हउ याङ्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् । नवनियुक्त राजदूत याङ्कीले राष्ट्रपति कार्यलय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाएकी हुन् ।


ADVERTISEMENT


यसअघि नेपालका लागि चिनियाँ राजदूत यू होङ थिइन् । उनले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी गत महिना चीन प्रस्थान गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


आजै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रजग कोरिया, साउदी अरेबिया र स्वेडेनका राजदूत क्रमशः जो योङ म्यान, मुसादबिन सुलेमान एम अलमाउने र क्लास मोलिनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

नेपालका लागि प्रजग कोरिया, चीन र साउदी अरेबियाका राजदूत आवासीय कूटनीतिज्ञ हुन् भने स्वेडेनका राजदूत गैरआवासीय हुन् ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यान ।

साउदी अरेबिया अधिराज्यका राजदूत मुसादबिन सुलेमान एम अलमाउने ।

स्वेडेन अधिराज्यका राजदूत क्लास मोलिन ।

सबै तस्बिर : रासस