काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भटटराईले डा गोविन्द केसीलाई आफ्नो छवि जोगाउन सुझाव दिएका छन्।


ADVERTISEMENT


सोमबार समितिको बैठकमा बोल्दै नेता भट्टाराईले अभियन्ताको रुपमा बनाएको छवि स–सानामा कुरामा नगुमाउन सुझाएका हुन्।


ADVERTISEMENT

# # #


सोमबार बिहान पत्रकार सम्मेलनमा प्रधानमन्त्री, पूर्व मन्त्री र आफूमाथि निम्नस्तरको टिप्पणी गरेर डा केसीले स्तर स्खलन गरेको भट्टराईको आरोप छ ।

‘‘स–साना कुरामा अल्झेर अभियन्ताको रुपमा बनाएको छवि नगुमाउन उहाँलाई आग्रह गर्दछु’, भट्रराईले भने, ‘आफूहरूमाथि प्रयोग गरेका शब्दले उहाँलाई जीवनभर पोल्ने छ।’

देशलाई अप्ठेरो परेको बेला डा केसी जस्ता छवि भएका मान्छे आवश्यक रहने भन्दै नेता भट्टराईले सो छवि कायम राख्न आग्रह गरे। उनले भने, ‘इज्जत खोज्नेले इज्जत जोगाउनु पनि पर्छ।’

चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएका व्यवस्थाका सम्बन्धमा डा केसी र नेता भट्टराईबीच सामाजिक सञ्जालमा समेत सवाल जवाफ चलेको थियो। सोमबार बिहान पत्रकार सम्मेलन गरी डा केसीले असभ्य शब्दहरु र शैली प्रदर्शन गरेका थिए । यस्ले केसीको आलोचना बढाएको छ ।