काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको तर संसदीय उपसमितिले अनुमानका भरमा आफूमाथि अनियमितताको आरोप लगाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले वाइडबडी खरिद वापत अन्तिम किस्ता पठाएर ठूलो रकम क्षति हुनबाट रोकेको बताए । पत्रकारहरुलाई जवाफ दिँदै उनले जहाजको अन्तिम किस्ता रकम नपठाएको भए नेपाल वायुसेवा निगम टाट पल्टने जिकिर गरे । ।

‘मैले किस्ता रोकेको भए सरकारले दिएको ९ अर्ब जोखिममा पर्न सक्थ्यो, त्यसको जिम्मेवार को हुन्थ्यो,’ उनले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम पनि मैले किस्ता रोक्न सक्ने आधार थिएन।’

मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको आरोप लगाए। उनले आफूले संसदीय समितिमा रहेर काम गरेभन्दा बेग्लै तरिकाले अहिले उपसमितिले अनुसन्धान गरेको दाबी गरे।

‘विगतमा सम्मानित संसदका विभिन्न समितिहरूमा रहेर मैले खेलेको भूमिका र विकासप्रतिको मेरो लगाव सबैसामू छर्लंग छ। संसदीय समितिले खेल्ने भूमिकालाई म उच्च सम्मान तथा आत्मसात् गर्छु। तर यसका नाममा विकासलाई र काम गर्ने मनोबललाई नकारात्मक असर पार्ने कार्य नहोस् भन्ने कामना पनि गर्दछु,’ अधिकारीले भने।

यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी र मन्त्री अधिकारी दोषी बनाइएको छ।

उपसमितिले बुधबार प्रतिवेदन दिएपछि सरकार बिहीबार उच्चस्तरीय छानबिन आयोग बनाएको थियो। मन्त्री अधिकारीले आफू यो प्रकरणबाट नभाग्ने बताए।

‘म यो विश्वास दिलाउन चाहन्छु कि म कुनै समस्याबाट भागेर कसैले समाधान निकालोस् भन्ने सोचमा छैन,’ अधिकारीले भने।