काठमाडौं । मौसममा असर पर्दा सोमबार बिहान आकाशले घुम्टो उठाउन सकेको छैन । काठमाडौं उपत्यकामा हुस्सुसहित आकाशमा बादल लागेको छ । त्यसैगरी अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ ।


ADVERTISEMENT


वर्षासमेत हुँदा विभिन्न ठाउँमा चिसो बढोको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशको पश्चिमी भू–भागमा पूर्ण बदलीसहित केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । त्यसैगरी केही पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको छ ।


ADVERTISEMENT

# # #


मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि यो प्रक्रिया जारी रहने बताएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान –
पुस २३ गते सोमबार–

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

रातिः देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ । मध्य र पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

रातिः देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

पुस २५ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ ।