काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निवासका सम्बन्धमा शुरु गरिएको विवाद गणतन्त्रमाथिकै आक्रमण भएको बताएका छन्।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिका लागि सवारी तथा हेलिकोप्टर खरिद, प्रहरी तालिम केन्द्र हटाउने निर्णयलाई लिएर भइरहेको टिप्पणीप्रति पनि असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘कुनै समय विपक्ष दलका नेता सत्तापक्षमा रहँदा राष्ट्रपतिको सन्दर्भमा भन्नु भएको म अहिले पनि स्मरण गरिरहेको छु, राष्ट्रपतिले गल्ती गर्दैन । राष्ट्रपतिले गरेको काम मैले गरेको हो ।’


ADVERTISEMENT

# # #


यस्तै उनले सबै सांसदहरुलाई घरभाडा लिएको, दोब्बर तेल खर्च लिएको भन्ने समाचार सञ्चारमाध्यामा ल्याएर सांसदको बदनाम गरिरहेकोले यो लोकतन्त्रमाथिको हमला भएको जिकिर गरे । उनले भने, ‘अहिले, सबै सांसदहरुलाई ठग, लुच्चा, तेलचोरको रुपमा चित्रित गर्दै, चालक तथा नीजि सहयोगीको भत्ता समेत हसुर्ने जस्तो गरी प्रचार प्रसार भई रहेको छ। जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौं।’

“सांसदलाई अपमान गर्नुका पछाडिको उद्देश्य प्रणालीप्रतिको हमला हो, प्रणालीमा आँच आए लोकतन्त्र खतरामा पर्छ, प्रतिपक्षलाई सकारात्मक र रचनात्मक बन्न आग्रह गर्छु, सरकारको नीतिमा भेदभाव हुनु उचित हुन्न, यसप्रति म सजग छु,” उनले भने । उनले प्रमुख प्रतिपक्षीले कर्मचारी समायोजन अध्यादेश कर्मचारी वृत्तिविकासमा अवरोध गरेको बारे बताउँदै भने, “पानीलाई धमिलो पार्ने र माछा मार्ने रहर नगर्दा नै बेस होला ।” प्रतिक्रियात्मक नभई रचनात्मक बन्न पनि उनले आग्रह गरे ।

सम्बन्धित समाचार : ‘टिकट काट्नका लागि धैर्य गर्नुस्, रेल आउँछ, पानी जहाज पनि चल्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण प्रस्तुत गर्दै भने, “पछिल्लो समय मैले अनौठो अनुभूति गरेको छुु, खोई काम गरेको भन्ने प्रश्न उठ्छ, मुलुकको विकास गर्नुछ, अब पनि नगरे कहिले गर्ने, हामीले नगरे कहिले गर्ने, जनताले बहुमतको सरकार दिएको छ, म कुनै तर्कमा अल्झन चाहन्न, रङ्गीबिरङ्गी प्रश्नलाई सम्बोधन गर्नुभन्दा पनि बजेट कार्यक्रमको समीक्षामा चर्चा गर्न चाहन्छु । ”

तर्कवितर्क, र वादविवादमा रुचि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकासनिर्माणमा अघि बढ्न सबैलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह गरे ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :