काठमाडौँ– चर्चित पत्रकार रवि लामिछानेले श्रीमती ईशासंगको सम्बन्ध विच्छेद गरेको सार्वजनिक भएको छ । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षलामो सम्बन्ध केही हप्ताअघि टंगाएको बाएका हुन् ।


ADVERTISEMENT


अमेरिकामा बस्ने श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेपनि सन्तानलाई भने आफूले जिम्मा लिएको उनले बताएका छन् । श्रीमतीसँग डिभोर्सको कारण नखुलाएका रविले श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।


ADVERTISEMENT

# # #


‘मैलेँ करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर वर्षौँसम्म मतभेद, अलग बसाई र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध विच्छेद गरेकी पुर्व पत्निले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।’ उनले भनेका छन् ।

रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको र अमेरिकामा बस्ने घर र उनीहरुको सम्पूर्ण खर्च पनि आफैले लिएको दाबी गरेका छन् । ‘मैले आफ्नी पुर्वपत्नीसहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनीहरु नेपाल आउन नमानेपछि) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु’ उनले भने ।

उनले बाहिरको वाहवाही तर घर भित्रको एक्लोपनले आफू कयौँ पटक बिरामी परेर झण्डै डिप्रेशन को शिकार नै भएको उल्लेख गरेका छन् । ‘दुनियाँको घर मिलाउने मैँले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र ! तर, उनले हेर्दा मैँले र मैँले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौँ, जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो विवाह भएको वर्षहरु त बढे । तर सम्बन्ध कहिलेपनि अघि बढेन।’ उनले भनेका छन् ।

यस्तो छ रविको फेसबुक स्टाटस

श्रीमान्, म जीउँदै छु

नचाहदा नचाहदैपनि आफ्नो व्यक्तिगत कुरा गर्नु पर्यो । मलाई पाईलैपिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास विफल भएपछि अब मेरो निजी जीवनमा प्रवेश गर्ने प्रयास हुँदै रहेछ। लामो समयसम्म वैचारिक लडाईँ लड्दै अलग अलग बसेको र पछि कानुनी रुपमा नै अलग भएको मेरो वैवाहिक सम्बन्धलाई लिएर ठूलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजी जीवनबारे लेख्न बाध्य भएको छु ।

मेरी पुर्व पत्नीलाई प्रयोग गरी मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैँले पहिलापनि भनेकै थिएँ कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाँच्नु छैन र म त्यति आदर्शवान् मानिसपनि होइन । मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै मेरो सम्बन्ध विच्छेदपनि भइसकेको छ। तर वर्षौसम्म मतभेद, अलग बसाई र बोलचाल समेत नभएपछि राजीखुशीले आफ्ना सबै अधिकार लिएर मसंग सम्बन्धविच्छेद गरेकी पूर्वपत्निले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न्। लगभग २४ वर्ष अघि भएको विवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिनँ । तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।

अमेरिका मैछँदा म परिवार भन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका संगपनि बसेको थिएँ ।६र७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्नँ। मलाई त व्यक्तिगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जीवनको पहिलो र अन्तिम स्तरलीन टिप्पणी वा Status हुनेछ। हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन्। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन। अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन। ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र ! तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन।

ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ तरु मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ।

उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला।

दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा ९उनिहरु नेपाल आउन नमानेपछी० आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु।म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८:४५ मा news24 टेलिभिजनमा प्रत्यक्ष आउछु।भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।