किशोर विश्वकर्मा, विराटनगर– शिक्षालाई प्रभावकारी बनाउन भन्दै मोरङको कटहरी गाउँपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ । अंग्रेजी भाषाप्रतिको बढ्दो आकर्षण र मोहका कारण त्यसमा पोख्त गराउन गाउँपालिकाले यस्तो पद्धति सुरु गरेको हो ।


ADVERTISEMENT


अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले पनि यो भाषा सिक्नु धेरैको लागि यो अनिवार्यजस्तै भइसकेको छ । यहीँ अवस्थालाई दृष्टिगत गरी मोरङको कटहरी गाँउपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमा नर्सरीदेखि १ कक्षासम्म अंग्रेजी माध्यममा पढाउन थालिएको गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


कटहरी गाँउपालिकाको सहयोग र पहलमा गाउँपालिकाभित्रका विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ गर्न थालिएको हो । समाजमा अंग्रेजीप्रतिको प्रभावकारीतालाई मूल्याङकन गर्दै विद्यालयहरुमा पढाइको माध्याम अंगे्रजी बनाइएको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतको भनाइ छ । उनले यसअघि कटहरी गाउँपालिकाका प्राय सबै विद्यालयको अवस्था खराब रहेपनि अहिले सुधारिएछि सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीको संख्यामा ह्वात्तै वृद्धि भएको जानकारी दिए ।

उनले भने, ‘पहिले कटहरी गाउँपालिकाका प्राय सबै सामुदायिक विद्यालयको अवस्था र शैक्षिक गुणस्तर खराब थियो । कटहरी गाउँपालिका भित्रै ३ विद्यालयहरु मर्ज भईसकेको अवस्था थियो । हामीले छलफल गरेर सामुदायिक विद्यालयमा अंग्रेजी माध्याममा पढाई नहुने देखेपछि अंग्रेजी माध्यममा नै पढाउने निर्णय गरेका हौँ ।’ उनले अभिभावकहरुबाट सकारात्मक कुरा आएपपछि गाउँपालिकाले पहिलो पल्ट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर १८ वटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको बताए ।

अध्यक्ष कामतले विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेपपछि निजी विद्यालयमा अध्यन गर्ने वालवालिकाहरु पनि सामुदायी विद्यालयमै पढ्न आउन थालेको बताए । समयको आवश्यकता र विपन्न अविभावकहरुको मनोभावनालाई बुझेर अंग्रेजी माध्यममा पढाउन थालिएको प्रजातन्त्र मावि भौडाहाका प्रधानाध्यापक ओम विष्टले बताए ।