काठमाडौं– रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले ‘दशैंमा बीस लाख’ योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले यस वर्षको दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको उक्त योजना अन्तर्गत धिरेन्द्र कुमार झागडले २० लाख रुपैयाँ जितेका हुन् ।


ADVERTISEMENT


मलेशियाबाट नेपालमा आइएमई गरेका उनले सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका हुन् । उनले नगद २० लाख पाउने छन् । भाग्यशाली विजेता छनोट कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमा वीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्वि भएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । यस्तै कम्पनीका ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरि र दीपाश्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको बताउँदै विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई दिए ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएका छन् ।

कम्पनीले १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा उपलब्ध गराइरहेको छ ।