काठमाडौं । – देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेकोले बुधबार जाडो बढी महसुस हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


ADVERTISEMENT


मौसमविद विभूति पोखरेलले पश्चिमी भूभागमा पानी पर्ने सम्भावना देखिएको र अन्य क्षेत्रमा पनि आशिंक बदली नै रहने भएकोले बुधबार अन्य दिनको तुलनामा चिसो धेरै महसुस हुने बताइन्।


ADVERTISEMENT

# # #


उनका अनुसार पश्चिमी वायुका कारण मौसममा आएको परिवर्तनले देशभरको अधिकतम तापक्रम घटेर चिसो धेरै महसुस हुनेछ।
अन्य दिनहरुमा बिहानीपख न्यूनतम तापक्रम कम रहेपनि दिउँसो घाम लागेका कारण अधिकतम तापक्रम बढेकाले न्यानो महसुस भएको मौसमविद पोखरेलको भनाई छ।

तर आज ९बुधबार० भने दिउँसो केहीबेर आकाश खुलेपनि पारिलो घाम नलाग्ने भएका कारण अधिकतम तापक्रम बढ्न नसक्ने उनले बताइन् । काठमाडौँ उपत्यकामा बुधबार बिहानको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस मापन गरिएको छ।

पश्चिमी उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने पूर्वी तथा मध्यका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा पनि हल्का हिमपात हुने सम्भावना रहेको छ ।