काठमाडौं । प्रधानन्याधीश ओमप्रकाश मिश्र मंगलबार उमेर हदका कारण अवकास लिँदै थिए।


ADVERTISEMENT


दिउँसो साढे २ बजे बिदाई कार्यक्रम थियो। त्यसको केही घन्टाअघिसम्म पनि उनी अस्वाभाविक रुपमा इजलास तोकिरहेका थिए।


ADVERTISEMENT

# # #


‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्याधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीले भने, ‘केही घन्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो।

एनसेलको सेयर होल्डरमध्ये एक निरजगोविन्द श्रेष्ठको मुद्दा न्यायाधीश द्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासमा तोकियो। सोही इजलासमा गोरखा ब्रुअरीको मुद्दासमेत सूचीमा चढ्यो।

प्रधानन्याधीश मिश्रले रुचिका मुद्दा लाई इजलास तोक्न थालेपछि सरकारी वकिलले स्थगनको निवेदन हालेका छन्।