भीमदत्तनगर– स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् ।


ADVERTISEMENT


बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ मत प्राप्त गरेका छन् । ८५७ मतदाता रहेको वडा नं १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भए । उनले २३६ मत प्राप्त गरेका छन् ।