काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन्।
उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए। जोशीले गरेका केही आदेश विवादमा समेत परेका छन्।


ADVERTISEMENT


भ्रष्टाचार मुद्दामा अन्तरिम आदेशमाथि अन्तरिम आदेश दिएर जग्गा फुकुवा, सुमार्गीको खाता नरोक्ने आदेश, सिजीलाई लाइसेन्स दिन अनुमति, यातायात इजाजत खारेज नगर्ने लगायतका उनका आदेश विवादमा छन्।


ADVERTISEMENT

# # #


यसबीचमा एमबिबिएसमा भर्ना रोक्न जोशीले दिएको आदेश सर्वोच्चकै संयुक्त इजलासले खारेज समेत गरेको छ।