सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा आज आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ ।


ADVERTISEMENT


कार्यपत्रमाथि समूहगत छलफलपछि निश्र्कषसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले जानकारी दिनभयो । आज जलवायु परिवर्तनको विविधतासम्बन्धी चार तथा जलवायु परिर्वतन र यसको प्रभाव सम्बन्धमा विज्ञले सात कार्यपत्र प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै राष्ट्रिय जलवायु सम्मेलनको उदघाटन गरेकी थिइन् । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब विद्यालय र क्याम्पसको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्न आवश्यक रहेको बताएकी थिइन् । उनले जलवायु परिवर्तनको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रष्ट धारणा राखिसकेको भन्दै प्राकृतिक सम्पदा दोहन गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले यस्ता सम्मेलनको निरन्तरताका लागि सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । आज जलवायु परिर्वतनको प्रतिमा अनावरणपश्चात् राष्ट्रपति भण्डारी तथा ७७ जिल्लाका प्रतिनिधिले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । जिल्ला समन्वय समिति महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तत्कालै कर्मचारी समायोजनलाई टुङ्गोमा पुर्याएर सङ्घीयता कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताए। स्थानीय तहका गुनासालाई लामो समय नराखिने उनको भनाइ थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु सम्मेलन विद्यार्थीको सङ्घ संगठन जस्तो हुन नहुने बताए।

पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले सिन्धुपाल्चोकको धेरै प्राकृतिक स्रोत दोहन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै भविष्यमा यसले पार्ने असरका बारेमा समयमै सोच्नुपर्ने बताए । कार्यक्रममा प्रदेश नं ३ का उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दास, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल तथा व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङलगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे। सोमबारदेखि शुरु भएको उक्त सम्मेलन मङ्गलबार साझासिन्धु घोषणा पत्रजारी गर्दै सकिने आयोजकले जनाएको छ । रासस