सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६ नाथेखोला बस दुर्घटना भएको छ। नेपालगञ्जदेखि रुकुम चौहरजारीतर्फ जाँदै गरेको ना४ख ७१४६ नम्बरको बस दुर्घटना भएको हो।


ADVERTISEMENT


बसमा सवारी ४० जना यात्रुमध्ये पाँच जना महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीका अनुसार रुकुम चौहरजारी नगरपालिका–१ का प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ की प्रमिला पुन, मिना मल्ल, कुमाख गाउँपालिका –५ का दिलमाया रोकाय, वनगाड कुपिण्डे ५ कै रीता नकाल घाइते छन्।


ADVERTISEMENT

# # #


घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए। दुर्घटनाको कारण खुलेको छैन। गाडीमा सवार अन्य यात्रुहरु सकुशल छन्।