काठमाडौं । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दू विश्वविद्यालय स्थापना हुने भएको छ। बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आइतबार काठमाडौँमा कार्यक्रम गरी नेपालमा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो।


ADVERTISEMENT


त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय स्थापनाका लागि आफूले सम्पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


प्रचण्डले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले नेपाल हिन्दू विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउने पनि स्पष्ट पारेका छन्।

बनारस हिन्दू विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा चित्रण गर्दै प्रचण्डले विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै लागि अनुकरणीय विद्धान रहेको उल्लेख गरे। उनको योगदानलाई नेपालले कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन्।