चितवन – नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा परापूर्वकालदेखि चली आएका धर्मको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले आज यहाँ आयोजना गरेको तमू ल्होछार कार्यक्रममा बोल्दै उनले नेपालमा चलाइएको धर्म परिवर्तनलाई रोक्नुपर्ने बताए । नेता थापाले नेपालको पहिचान हिन्दू, बुद्ध, किराँती लगायतका मौलिक धर्म रहेको बताउँदै धर्म व्यक्तिको नीजि आस्थाको कुरा रहेकाले राज्यले सबै धर्मको रक्षा गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


आयोजक समितिका संयोजक गणेशबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आदिवासी जनजाति महासङ्घ चितवनका सचिव महेन्द्र दुरा र परिषद् चितवनका उपाध्यक्ष विमला गुरुङले पनि बोलेका थिए ।