काठमाडौँ– गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।


ADVERTISEMENT


तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT

# # #


हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ‘ग्याल्बो ल्होछार’ मनाउँछन्। तमु ल्होछार गुरुङ जातिको मूख्य पर्व हो। ल्होछार शब्द ल्होंछार मिलेर बनेको हो, जसको शाब्दिक अर्थ केलाउँदा तमु भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो।

यसलाई नयाँ वर्ष फेरिने दिन तथा नयाँ वर्षको रूपमा हेरिन्छ। यही ल्होछार शब्दलाई तिब्बती भाषामा ‘ल्होसार’ भनिन्छ। त्यसैले नेपालमा पनि तिब्बती भाषाको निकट रहेको शेर्पा जातिले ल्होछारलाई ल्होसार नै भन्छ। अन्य जातिले पनि हिजोआज ल्होछारलाई कतै ल्होछार त कतै ल्होसार भनेको पाइन्छ। ल्होछार र ल्होसार जे भने पनि यसको अर्थ नयाँ वर्ष नै हो।

 

तस्बिरहरु : रासस