भीमदत्तनगर– स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।


ADVERTISEMENT


लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरेका छन् । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।


ADVERTISEMENT

# # #


सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।