धनुषा । निर्वाचित भएकै क्षेत्र जनकपुरमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।


ADVERTISEMENT


संयोजक महतोले राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई मनोनित गरेको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा संयोजक महतोको पुत्ला दहन गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं। ३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र रजपाका प्रदेश सांसद एवं प्रदेश नं। २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुत्ला दहन गरिएको छ । संयोजक महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।

विरोध प्रदर्शन गर्दै उनीहरुले सदस्य मण्डललाई हटाएको निर्णय अबिलम्ब फिर्ता लिन माग समेत गरेको छ । पुत्ला दहन कार्यक्रममा अध्यक्ष मण्डलका जिल्ला संयोजक सतिशलाल दास, राजपा जिल्ला नेता रामविनोद चौधरी पप्पु, धिरेन्द्र सिंह लगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।