काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा निःशुल्क शिक्षाका लागि ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने भएको छ ।


ADVERTISEMENT


संविधानले प्रत्याभूत गरेको माध्यामिक तहसम्मको नि:शुल्क शिक्षाको हकलाई कार्यान्वयन गराउनका लागि ७७ वटै जिल्लाका प्रशासन कार्यालयहरुमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । जसका लागि नेविसंघले केन्द्रीय प्रतिनिधिहरु प्रत्येक जिल्लामा खटाइएको उनले बताए ।


ADVERTISEMENT

# # #


१२ औँ महाधिवेशनको तयारीमा रहेको नेविसंघले ४३ औँ मेलमिलाप दिवस विविध कार्यक्रम गरी व्यापक रुपमा मनाइने जनाएको छ । वि.सं. २०३३ साल पुस १६ गते विपी कोइराला र गणेशमान सिंह लगायतका कांग्रेस नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश पर्किएको दिनभन्दै कांग्रेस लगायत यसका भातृ संगठनहरुले प्रत्येक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छन् ।