काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकास मिश्रले अवकास लिन अब ६ दिन मात्र बाँकी छ । उमेर हदका कारण प्रधानन्यायाधीश मिश्र यही पुस १७ देखि सेवानिवृत्त हुन लाग्नु भएको हो ।


ADVERTISEMENT


प्रधानन्यायाधीश मिश्रले बिहीबारदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने हुनु भएको छ । ‘अवकासको पूर्वसन्ध्यामा विवादमुक्त रहन मुद्दा नहेर्ने कुरा आएको छ । बिहीबारबाटै उहाँले कुनै मुद्दामा सुनुवाइ गर्नुहुने छैन’, सर्वोच्च स्रोतले भन्यो । तर मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्नु हुने छ ।


ADVERTISEMENT

# # #


उनले मुद्दा नहेर्ने भएपछि शुक्रबार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ । बुधबार पनि प्राविधिक कारण देखाउँदै संवैधानिक इजलासमा सुनुवाइ भएन ।