ललितपुर– कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।


ADVERTISEMENT


उक्त सडकखण्ड निर्माणका लागि सरकारसँग गरेको सम्झौताको म्याद यही डिसेम्बर १५ सकिएकोे इञ्जीनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी एक वर्षसम्म यो सडकमा कुनै पनि समस्या आउँदा मर्मतको काम ठेकेदार कम्पनीले नै गर्नेछ । उनले भने, “सडक कतै भत्कने कतै कालोपत्रे उक्कनेलगायत कुनै पनि समस्या आउँदा ठेकेदार कम्पनीले नै समाधान गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


चिनियाँ सरकारको आर्थिक सहयोगमा उक्त कम्पनीले ४० महीनाभित्र निर्माण गर्ने गरी सम्झौता भएकामा भूकम्प र नाकाबन्दीले काम ठप्प भएकाले सरकारले यो वर्षसम्मका लागि समय बढाएको थियो ।

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको कलङ्कीमा जाम नहुने र ‘अण्डर पास’का कारण सुविधाजनक मानिएको छ ।

यो सडक निर्माण हुनासाथ चीन सरकारले कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा समेत चासो देखाएको छ । सडक विभागले अहिले यो सडकको सम्भाव्यता अध्ययन गरिरहेको छ ।