काठमाडौँ– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गरेका छन् ।


ADVERTISEMENT


आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेको उनका स्वकीय सचिव राहुल महराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् । आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।