दार्चुला– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ ।


ADVERTISEMENT


सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रुपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिए ।

सदरमुकाम खलङ्गामा शुरु भएको अन्तरक्रियामा जिल्ला नौवटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र पुरोहित सहभागी थिए । सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताए ।

भाषण र आसन ग्रहणमा भन्दा काम गर्नुपर्नेमा जोड

सामाजिक विकासमन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारी सबैले भाषण र आसन ग्रहणमा समय बिताउनेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशका स्वस्थ्य कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले सो कुरा बताएका हुन् ।

दार्चुला जिल्ला अस्पताल निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारीले अब या वा त्यो बहानमा उम्किने ठाउँ नभएको पनि स्पष्ट पारे ।