मार्तडी– बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।


ADVERTISEMENT


त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पाटपुर्जा बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत् केन्द्रका निमित्त व्यवस्थापक गणेश शाहीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार विद्युतगृह को बेरिङ टुटेपछि सेवा अवरुद्ध भएको बताए । बेरिङ भारतबाट ल्याउन लागेकाले विद्युत् नियमित सञ्चालन हुन अझै एक हप्ता लाग्ने निमित्त व्यवस्थापक शाहीको भनाइ रहेको छ । विसं २०४२ मा निर्माण भएको उक्त विद्युत्को यन्त्र नफेरिँदा पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै आइरहेको छ । अवरुद्ध यन्त्र बनाउने कार्य भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र बाजुराले जनाएको छ ।