काठमाडौं । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ।


ADVERTISEMENT


पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो।


ADVERTISEMENT

# # #


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किराँतीले धर्म निरपेक्ष र गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नु परेको बताए।

उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको आलोचना गरे।

पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेसन गर्ने तयारी पनि गरेको छ। अध्यक्ष किराँतीले महाधिवेसनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेसन सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए।