काठमाडौं । व्यवस्थापकीय अपराधका कारण राष्ट्रिय वायुसेवा कम्पनीको मात्रै होइन, मुलुकको साख गिर्दो छ।


ADVERTISEMENT


१४ असार ०७५ मा वाइडवडी काठमाडौंमा अवतरण गर्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव र नेपाल वायुसेवा निगमका पदाधिकारी लहरै उचिएर जनाँ जहाजको स्वागत गरे।


ADVERTISEMENT

# # #


त्यतिबेला मन्त्री अधिकारीले वाइडवडीलाई राष्ट्रिय खुसीको रुपमा चित्रण गरे। तर, यतिबेला २ वटा वाइडबडी विमानकै कारण निगम गम्भीर संकटमा धकेलिँदै गएको छ।

नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको २५ अर्ब रुपैयाँ ऋणबाट यी विमान किन्दा झण्डै ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा संसद्को सार्वजनिक लेखा समिति र अर्थ तथा सुशासनको सार्वजनिक लेखा समितिले उपसमिति बनाएर भिन्दाभिन्दै छानविन थालेका छन्।