काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । पदाधिकारी संख्या र सदस्यता वितरणलगायतका विषयमा विवाद हुँदा बैठक लम्बिएको हो ।


ADVERTISEMENT


शुक्रबार राजनीतिक प्रतिवेदन र विधान टुंगो लगाउनैपर्ने भए पनि पदाधिकारी संख्या, छनोट प्रक्रिया, संसदीय समिति, सदस्यता वितरणलगायतका ७ वटा विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक नै शुरु हुन सकेन ।


ADVERTISEMENT

# # #


केन्द्रीय समितिबाट राजनीतिक प्रतिवेदन र विधानको टुंगो नलाग्दा भोलिदेखि शुरु हुने महासमिति बैठक पनि निर्धारित समयमै शुरु हुन्छ कि हुँदैन भन्ने अन्यौल बढेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसोदेखि नै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका छुट्टाछुट्टै बैठकले पनि विवादित विषयमा सहमति जुटाउन सकेका छैनन् ।