काठमाडौँ– नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । रहर छ संगै नामको उक्त गीत बिहीबार सार्वजनिक भएको हो ।


ADVERTISEMENT


अर्जुन पोखरेलको संगीत तथा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको उक्त  गीतमा अनमोल केसी र उपासना सिंह ठकुरीले रोमान्स गरेका छन् । दिवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको फिल्म फागुन १७ गते रिलिज हुने समय तोकिएको छ।


ADVERTISEMENT

# # #


उपासना सिंह ठकुरी, प्रियंका एमभीको डेब्यु रहेको यो फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ । फिल्म ‘क्याप्टेन’को निर्माण भुवन केसीले गरेका हुन् । फिल्मलाई छन् । फिल्मलाई दिर्घ खडकाले सम्पादन गरेका हुन् ।