उदयपुर  । लिम्चुङबुङ गाँउपालिका –४ मा विहीबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।


ADVERTISEMENT


लिमचुङबुङ ४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र त्यही ठाउँका स्थानीय २४ वर्षीय पवन राईको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।


ADVERTISEMENT

# # #


ट्याक्टरमा चढेका अन्य ८ जना घाइते भएको एसपी राईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउन लागिएको छ ।