काठमाडौँ– भारतीय कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन् । शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका साथी तथा आफन्तलाई विवाहमा निम्तो दिएका थिए ।


ADVERTISEMENT


विवाह पछि कपिलले २ वता रिसेप्सन् पार्टि दिनेछन् ।पहिलो १४ डिसेम्बरको दिन अमृतसरमा जहाँ विशेष नजिकका आफन्तलाई बोलाइनेछ र अर्को २४ डिसेम्बरमा मुम्बईमा गरिने र बलिउडका स्टारहरुलाई सरिक गराइने छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय खस्कक्दो करियरका कारण डिप्रेसन झेलिरहेका कपिलले पे्रमीका गिन्नीले आफुलाई दुःख तथा सुखमा साथ दिएको र त्यसले आफुलाई अघि बढ्न उर्जा मिलेको बताउँदै आएका थिए । गिन्नी कपिलकी सानै देखिकी साथी हुन् जसले कपिललाई दुःखमा हतास नहुन साथ दिएकी थिइन् ।