काठमाडौँ– संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको परिषद् बैठकले राणालाई प्रधानन्यायाधीश सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए।


ADVERTISEMENT

# # #


न्यायपरिषदले प्रधानन्यायाधीशमा सिफारिश गर्न राणा र दीपकराज जोशीको नाम पठाएको थियो।

संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गरेपछि उनी पुस १७ पछि प्रधानन्यायाधीश बन्नेछन्।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले १७ गते अवकाश पाउँदैछन्।