काठमाडौं । नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् । उनि चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी हुन् । उनी केहिबेर अगाडीमात्रै नेपाल आइपुगेकी छन् । रातको समय भएपनि उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनका शुभचिन्तकको भिड लागेको थियो ।


ADVERTISEMENT


मिस नेपाल बन्दै उनी नेपालको प्रतिनिधित्व गरेर विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाउन चीन पुगेकी थिइन् । प्रतियोगिताको अवधिभर उनको चर्चाले विश्वभर स्थान पाएको थियो । नेपालका मात्रै नभएर उनको पक्षमा विश्वभर माहोल बनेको थियो ।


ADVERTISEMENT

# # #


विश्व सुन्दरी प्रतियोगितामा उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् । उनी थाइल्याण्डकी सुन्दरीसँग पछाडी पर्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् । अब नेपालमा रहेर आफ्नो बाँकी काम पुरा गर्ने उनले विमान स्थलमा बताएकी छन् । त्यतिखेर, उनले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहनापनि व्यक्त गर्न भ्याईन ।