काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग दिउँसो २ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


लिगको तेस्रो स्थानमा रहेको संकटा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंकसँग बराबरी बनाउने लक्ष्यमा रहेको छ । यता हिमालयन शेर्पा भने संकटा क्लबलाई रोक्ने दाउँमा रहेको छ ।

संकटाले सातखेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । यता, हिमालयन शेर्पाले भने सात खेलमध्ये तीन खेलमा जित दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्सकै मैदानमा आजै हुने पहिलो खेलमा विहीन रहेको न्युरोड टिम ९एनआरटी० ले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल विहान ११ बजे सुरु हुनेछ ।

सरस्वती युथ क्लबले सात खेलबाट दुई खेलमा जित र पाँच खेलमा हार ब्यहार्दै ६ अंक बनाएको छ । यता, एनआरटीले भने सात खेलमध्ये ६ खेलमा हार र एक खेलमा बराबरी खेलेको छ ।

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा विभागीय टिम एपीएफ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एपीएफले जारी लिगमा सोचेअनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।

एपीएफले सात खेलबाट तीन खेलमा जित, तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

जावलाखेलले सात खेलमध्ये एक खेलमा जित, पाँच खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै चार अंक मात्रै बनाएको छ ।